‘थरुहट’ मुद्दा बोकेको रुक्मिणी पार्टीलाई थारुहरुले पत्याएनन् !

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले प्रतिनिधि सभातर्फको ३ प्रतिशत थ्रेसहोल्ड र प्रदेशसभातर्फको १.५ प्रतिशत थ्रेसहोल्ड ल्याउन सकेन। जसका कारण पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सिट ल्याएको यो पार्टी पाँच वर्षसम्म अस्तित्वविहीन बन्ने भएको छ।

थरुहटको मुद्दा बोकेको यो पार्टीले थारुहरुको भोट पाउने आशा राखेको थियो। पार्टीकी अध्यक्ष रुक्मिणी चौधरीले पनि २० लाख थारुमध्ये ३ लाख थारुले कसो भोट नदेलान् भन्दै चुनावी अभियानमा लागेको बताएकी थिइन्।

तर अन्तिम मपरिणामअनुसार रुक्मिणीको पार्टीले प्रतिनिधिसभातर्फ १४ हजार ४८९ मत ल्याए। त्यस्तै २ प्रदेशमा ३८९६, ५ प्रदेशमा ५२४७ र ७ प्रदेशमा १४७० मत ल्याए। जुन मत खसेको मतभन्दा धेरै न्युन हो।

पिहलो र दोस्रो संविधानसभामा सांसद बनेकी रुक्मिणी अब कुनै राष्ट्रिय पार्टीमा लाग्लान् वा यही पार्टीको संगठन विस्तारमा लाग्लिन् हेर्न भने बाँकी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *