रेशम चौधरी विजय नजिक, भन्छन्- ‘थारुहरुले ‘थरुहट’को नेतृत्व सुम्पिनुभयो’

टीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ मतसहित अग्रस्थानमा छन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ७०८५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले ४९८१ मत ल्याएकी छन्।

रेशम चौधरीले टीकापुरबासीले आफूलाई सद्‍भाव ल्याउने जिम्मेवारी सुम्पेको बताए। थारुवानसँग टेलिफोनमा कुरा गर्दै उनले टीकापुरका थारु पहाडी सबै मतदाताले माया गरेर भोट हालेको बताए। ‘थारु समुदायले थरुहट नेतृत्व रेशमले गर्छ भनेर जिम्मेवारी सुम्पिनुभएको छ भने पहाडी समुदायले रेशम निर्दोष छ, टीकापुरमा सद्‍भाव रेशमले नै ल्याउँछ भनेर भोट हाल्नुभयो,’ उनले भने।

उनको जितपछि भने कसरी नेपाल आउने भन्नेबारे उनी आफैं अनभिज्ञ छन्। उनी भन्छन्- ‘जनताले आफ्नो अभिमत मलाई सुम्पिनुभएको छ। त्यसको उत्तरदायीत्व मैले अगामी दिनमा निर्वाह गर्नुपर्छ। राज्यले नै नेपाल आउने वातावरण बनाउनुपर्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *