चितवन ३ (ख)मा ‘मामा’ विजयी

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् ।
यहि क्षेत्रमै प्रतिनिधि सभाका लागि माअाेवादीका प्रचण्ड र राप्रपाका विक्रम पाण्डेकाे चुनावी भिडन्त भएकाे हाे । प्रचण्डलाई एमालेकाे साथ तथा विक्रम पाण्डेलाई नेपाली काँग्रेसकाे साथ रहेकाे छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *