टीकापुरको विकास चाहने रेशम चौधरी [भिडियो अन्तर्वार्ता]

उनी पत्रकार हुन्, कलाकार हुन्, निर्माता, निर्देशक हुन्, समग्रमा उनी एक उद्यमी हुन् र कुशल युवा राजनीतिज्ञ पनि । नेपालमा जसरी राजनीतिक परिवर्तन हुँदै आए । त्यसरी नै उनको जीवनकाल पनि परिवर्तन हुँदै आएको छ । उनी हुन् रेशम चौधरी । अहिले उनीे कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् । राजनीतिबाटै समाज परिवर्तन गर्नसकिने राम्रो ज्ञान भएका उनले राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् । भलै सो क्षेत्रमा ठूला पार्टीका शक्तिशाली उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर सही लक्ष्य बोकेर समाज परिवर्तनको दिशा निर्देश गर्ने उम्मेदवारको विजय निश्चित हुने उनी बताउँछन् ।

‘मैले लामो समय पत्रकारितमामा विताए । देशभक्ति गीत बनाए, गाए । थारु सँस्कृतिलाई फिल्मको माध्यमबाट प्रवर्द्धन गरे । समग्रमा कैलालीको टीकापुरको विकासको लागि समय खर्चिए । पक्कै पनि त्यो समयको मूल्यांकन यहाँका जनताले गर्नुहुन्छ । मैले विश्वास लिएको छु, विगतमा जेजति घटना घटाइए, ती शाषकहरुले रचेका खेल हुन् । ती खेलहरु आम जनताले बुझेका छन् । सबैको चाहनाबमोजिम नै मैले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको हुँ,’ चौधरीले थारुवानसँगको कुराकानीमा भने ।

उनले आफ्नो चुनावी प्रचारको माध्यम फेसबुकलाई बनाएका छन् । हरेक दिन उनले फेसबुकमार्फत् स्टाटस र भिडियो पोस्ट गरेर त्यहाँका जनतासँग साक्षत्कार गरिरहेका छन् । ‘यो समय इन्टरनेट क्रान्तिको हो । हामी थारुहरु पनि इन्टरनेटको भरपुर प्रयोग गर्नुपर्छ । इन्टरनेटको माध्यमबाट आफ्ना कुराहरु राख्नुपर्छ । इन्टरनेटमा विश्व समुदायले नै नजर लगाइरहेका हुन्छन्,’ उनले भने ।

उनले थारु नेताहरुले पहिचानको मुद्दा छाडेपनि यो प्राप्ति नगरुन्जेलसम्म आफूले यो मुद्दा नछाड्ने बताए । पहिचानलाई तिलाञ्जली दिन नसकिने उनको भनाइ छ । ‘हाम्रा बाजेहरु शोषणमा परे, हाम्रा बाहरु कमैया बसे । उनका छोराछोरीलाई पनि अबका दिनमा त्यस्तै दाषी बनाइरन सक्दैनन् शाषकले । त्यसैले उनीहरुकाविरुद्ध हामी उठ्नुपर्छ । यही बेला हो शाषकहरुलाई पछार्ने । सबैले आफ्नो अमूल्य मत राम्रो उम्मेदवारलाई दिनुपर्छ,’ उनले भने ।

उनले आफ्नो एजेन्डामा सुदूरपश्चिमको विकासलाई प्राथमिकतामा राखेका छन् । भौगोलिक पहिचानसहितको संघीयता, सबै जातजातिको संस्कृतिको सम्मान, स्थानीय क्षेत्रको विकास, दोस्रो राजधानीको रुपमा लिइएको टीकापुर अहिले सानो फूलझैँ खुम्चिएको छ, त्यो फुलाउने दायित्व लिनुपर्छ । उपचार गर्न लायकका अस्पताल बनाउनुपर्छ । र मुख्य कुरा युवालाई स्वरोेजगार बनाउनुपर्छ । उनीहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।

भिडियो अन्तर्वार्ता हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *