थारु पत्रकार संघद्वारा केन्द्रीय सल्लाहकार मनोनीत

थारु पत्रकार संघ नेपालको निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय सल्लाहकार मनोनीत गरेको छ। मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष कृष्णराज चौधरी, निवर्तमान उपाध्यक्ष प्रदीप लेखी र समाजसेवी तथा कलाकार रामलाल चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको हो।

संघको सल्लाहकार समितिमा राजकुमार लेखी, भगवती चौधरी, लक्की चौधरी, विनिता चौधरी, गीता चौधरी  रहेकाछन्।

त्यस्तै बैठकले प्रदेश संयोजकहरु पनि तोकेको छ। प्रदेश १ मा कुलदीप चौधरी, प्रदेश २ मा दुष्यन्त चौधरी, प्रदेश ३ मा राजु चौधरी, प्रदेश ५ मा सन्तोष दहित र प्रदेश ७ मा उन्नती चौधरीलाई प्रदेश संयोजक तोकिएको छ।

त्यस्तै छैठौं साधारण सभा तथा तेस्रो महाधिवेशन सफल बनाउने मोरङ-सुनसरी शाखालाई बैठकले धन्यवाद ज्ञापन गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *