सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति, थारु ब्यक्तित्वहरुलाई सम्मान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा रामानन्द चौधरी, प्रभुनन्द चौधरी, जवाहरलाल चौधरी, नरेन्द्र चौधरी, कमलेश चौधरी, भावना विश्वास र अरुण चौधरी छन्। बन्दसत्रमा विद्यान संसोधन, संस्थाको कार्यप्रगति विवरण र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो।

समाजले कलाकारहरु प्रिया चौधरी, भावना विश्वास, खुसी चौधरी र अनडिसाइडेड ब्यान्डका मिलन चौधरी शंकर पराजुली, भुवन राई, अमोद बइजु र आशिक श्रेष्ठलाई सम्मान गरेको सचिव ललित चौधरीले जानकारी दिए। उनका अनुसार फुटबलका अब्बल निराजन चौधरी, इन्देश्वर चौधरी र तेक्वान्दोका सनम चौधरी र सौगात चौधरीलाई पनि सम्मान गरेको थियो।

त्यस्तै मेधावी विद्यार्थी नरेन्द्र चौधरी, समाजसेवी सन्झा बति सिंह र पर्मा चौधरीलाई पनि सम्मान गरिएको थियो।

समुदायमा विशेष योगदान पुर्यााउँदै आएका गैर आवासीय नेपाली संघ, अमेरिकाकाे इलिनाेई राज्यका नवनिर्वाचित सभापति सत्यनारायण चौधरीलाई समाजले विशेष सम्मान गरेको थियो। अमेरिकाको सिकागोल्यान्डमा १ सय २० जना थारुहरु बस्छन्। कार्यक्रममा भने १ सय ५० जनाको उपस्थित थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *