थारु महिला सभाले सुनसरीको स्थानीय तहमा पनि समिति गठन गर्दै

सुनिल चौधरी/झुम्का।

सुनसरीमा थारु महिला सभाले प्रत्येक स्थानीय तहको वडामा कमिटी गठन गरिरहेको छ। महिला सशक्तीकरण, अधिकार, कला संस्कृति संरक्षण तथा महिला नेतृत्व विकासका लागि सुनसरीको थारु बाहुल्य स्थानीय तहमा वडा समिति गठन गर्ने  तयारी सभाको रहेको छ। सोही क्रममा शनिबार इटहरी १० र १३ नं. वडामा कमिटी गठन गरेको हो । यसअघि सभाले नगर कमिटी गठन गरेको थियो।

महिला सभा इटहरी नगरकार्य समितिका अध्यक्ष सुशीला लेखीको सभापत्वि एवं जिल्ला सभापति सुशीला चौधरीको प्रमुख आतिथ्यतामा वडा समिति गठन गर्दै नव निर्वाचित थारु वडा अध्यक्षहरुलाई कार्यकालको सफलताको कामना गर्दै दोसल्लाह र सम्मानपत्रले सम्मान गरिएको थियो।

वडा नं. १० का वडा अध्यक्ष प्रकाश चौधरी, वडा नं. ११ का रुपेश चौधरी र वडा नं. १३ का शिवनारायण चौधरीलाई प्रमुख अतिथि सुशीला चौधरीले सम्मान गरेको हो। अबका दिनमा थारु महिला पनि नेतृत्व पंक्तिमा आउनका लागि गरेको समिति गठनमा वडा नं. १० मा अध्यक्ष पशुपति बिश्वास,उपाध्यक्ष जिता चौधरी,सचिव देवकुमारी चौधरी,कोषाध्यक्ष रेखा चौधरी छन्।

त्यसैगरी वडा नं. १३ मा अध्यक्ष बिन्दा चौधरी,उपाध्यक्ष अभिन्त्रा चौधरी,सचिव जया चौधरी,कोषाध्यक्ष सिला कुमारी चौधरी समितिमा छन्। कार्यक्रममा महिला सभा जिल्ला अध्यक्ष सुशीला चौधरी,थाकस केन्द्रीय सल्लाहकार रामराज चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरी,आदिवासि जनजाति महासंघ रामधुनी अध्यक्ष राजकुमार चौधरी, थाकस इटहरी नगर अध्यक्ष दुखिलाल चौधरी, चितनारायण चौधरी, केदार श्रेष्ठ, रामपरी चौधरीले पहिचानका लागि थारु महिलाहरु संगठित हुनुपर्नेमा जोड दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *