बबई र कर्णालीमा पानीको बहाब उच्च, सतर्कता अपनाउन आग्रह

वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बर्दियाका अनुसार नदीमा ५ दशमलव ७३ मिटरसम्म पानीको सतह पुगेको छ। ६ दशमलव १ भन्दा बढी भएमात्र बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ। बबई नदीको तल्लोतिर भादा नदीमा पानीको सतह ७ दशमलव ३० पुगेको छ।

८ भन्दा बढी भएमा बाढीको सम्भावना बढ्ने बताइएको छ। यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ९७ मिटर पुगेको छ। कर्णाली नदीमा पानीको सतह १० दशमलव ८० मिटर भएमा चेतावनी लेभलको मानिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *