एनआरएन स्पेनको क्षेत्रीय समिति पाइसभास्को बिल्बाउको अध्यक्षमा चौधरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए।

निर्बाचन समितिका संयोजक गंगाराम सापकोटा द्वारा प्रकाशित सूचना अनुसार केन्द्रीय सचिवमा तुलसी बहादुर गुरुङ बिजयी भएका छन्। अर्का प्रतिस्पर्धी कृष्ण प्रसाद सिग्देललाई १२ मतले पछि पार्दै गुरुङ बिजयी बनेका हुन्। निर्बाचनमा गुरुङले ९२ मत तथा सिग्देलले ८० मत प्राप्त गरेका थिए।

यस्तै कार्यसमितिको सचिव पदमा ६३ मत प्राप्त गर्दै कमला बराल निर्बाचित बनिन्। सचिवका अन्य प्रतिस्पर्धीहरु महेश पंगेनीले ५८ मत र राजेन्द्र सेढाईले ५० मत प्राप्त गरेका थिए। शनिबार बिल्बाउमा सम्पन्न समितिको पहिलो अधिबेशनमा तिन वटा पदका लागि निर्बाचन भए पनि अन्य पदका लागि यस अघि नै सर्बसम्मत भएको थियो।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र अर्याल,सहसचिवमा सुरेन्द्र चौलागाई, कोषाध्यक्षमा रमिला चौलागाई(योगमाया), महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुन बहादुर थापा निर्बिरोध निर्बाचित भएका छन्। सदस्यहरुमा बिकास कार्की, टंक बराल, उमा गुरुङ, सञ्जय सुबेदी, सन्तोष अधिकारी, मिलन गुरुङ र राम कृष्ण रानामगरको निर्बिरोध चयन भएका छन्।

आईसीसी सदस्यमा गुरुङको उमेद्ववारी घोषणा
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उमेद्ववारी घोषणा गरेका छन्। क्षेत्रीय समिति बिल्बाउको प्रमुख अतिथिको रुपमा उद्घघाट्न गर्दै गुरुङले उमेद्ववारी घोषणा गरेका हुन्।

गुरुङले भने, ‘दुई बर्ष सम्म राष्ट्रिय समन्वय परिषदको अध्यक्षको जिम्मेबारी सफलता पुर्बक निर्बाह गर्न सके जस्तो लाग्छ, अब एनआरएन अभियानलाई निरन्तरता दिन आईसीसी सदस्यका लागि उमेद्ववारी घोषणा गर्दछु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *