रामधुनीका थारुले छाने थारु प्रतिनिधि, मेयरमा जयप्रकाश उपमेयरमा सविना चौधरी निर्वाचित

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै थारु उम्मेदवारलाई मेयर उपमेयर जिताएका छन्।

मेयरमा नेपाली कांग्रेसका जयप्रकाश चौधरीले ९ हजार ७०६ मत ल्याएर विजयी भए। उनले एमालेका नन्दकुमार बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले ८ हजार ८५० ल्याए।

उपमेयरमा भने एमालेकी सविना चौधरी विजयी भइन्। उनले ९ हजार ८१३ मत ल्याइन्। चौधरीले कांग्रेसकी विजया कट्वालले पराजित गरिन्। उनले ७ हजार ९२६ मत ल्याइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *