विराटनगरको दोस्रो ठूलो शक्ति लोकतान्त्रिक फोरमले चौथो शक्ति एमालेसँग चुनावी तालमेल गर्ने

विराटनगर महानगरपालिकामा नेकपा (एमाले) र फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल हुने भएको छ। एमालेले महानगरप्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख पदमा तालमेल गरेका हुन्। एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् ।

गत संविधानसभा चुनावको तथ्यांकका आधारमा विश्लेषण गर्ने हो बिराटनगरमा एमाले चौथो शक्ति हो। गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक दोस्रो शक्ति हो। बिराटनगर महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा अघिल्लो संविधानसभामा फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग थोरै मतले पराजित भएको निकटतम प्रतिद्वन्द्वी हो। यस आधारमा लोकतान्त्रिक फोरम नेपाली कांग्रेसपछिको दोस्रो शक्ति हो बिराटनगरमा।




Leave a Reply

Your email address will not be published. Required fields are marked *