कांग्रेस, एमाले, माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरममा प्रवेश

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका थिए।
कार्यक्रममा कांग्रेसका क्रियाशिल सदस्य कोमल बखरिया, एमलेका पूर्व गाविस अध्यक्ष कृष्ण गोपाल, माओवादी केन्द्रका क्रियाशिल सदस्या मानबहादुर चौधरीलगायत सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका हुन्।

उनीहरुले फोरमले पहिचान र अस्तित्वको मुद्दा नछोडेको भन्दै आफूहरु पार्टीमा आबद्ध भएको बताए। उनीहरुले यही पार्टीले टीकापुर घटनालगायत थरुहट मधेसमा पक्राउ परेकाहरुलाई रिहाई गर्न विशेष भूमिका खेल्ने बताए।

युवा नेता सीताराम थारुका अनुसार भविष्य सुनिश्चित गर्न अहिले युवाहरु नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरिरहेका छन्। जातीय जनसंख्याको आधारमा राज्यको हरेक अंगमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वजस्तो वैज्ञानिक र परिवर्तनकारी मुद्दा पार्टिको पहिलो प्राथमिकतामा रहेको भन्दै युवाहरुको चाहना बढेको उनको भनाई छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *