टीकापुर घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए।

उनका अनुसार स्थानीय प्रशासनले पहिचान गरेको किरब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको हो।

घटनामा थारु समुदायले चलाउँदै आएको फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु ट्रेडर्स, मीरा फर्निचर, थारु कल्याणकारिणी सभाको कार्यालयलगायतमा आगजनी गरिएको थियो। टीकापुर घटनामा अहिले पनि २५ जना थारुहरु कैलाली करागारमा कैदी जीवन बिताइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *