फगुवा महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिने

कारी महतो/चितवन।

चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा महोत्सवले नगद रु १२ हजार गरेको छ । घाइते सन्जित चौधरीको पाँच धुर घडेरीमा एउटा सानो झुप्रो रहेको र बस्ने खाने समेत समस्या भएकोले इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सहयोग गरिदिनका लागि आह्वान गरिएको छ ।

फागुन २७ गते शुक्रबार देखि सुरु सुरु भएको महोत्सवको थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले थारु समुदायले फगुवा पर्वमा जलाउने समत (चीर) प्रज्वलन गरी समुदघाटन गरेका थिए । महोत्सवको दुवै दिन थारु साँस्कृतिक नाचगीतका साथै आधुनिक गायक कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । गायक संजय चौधरी, मनोज महतो, अमितसिंह चौधरी र केशवराज महतो लगायतका गायकहरुको साँतीतिक प्रस्तुति रहेका थिए ।

महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशका साथै थारु खाना बिक्री वितरण गर्नेहरुलाई पनि निःशुल्क स्थान दिइएको आयोजक समितिले जनाएका छन् । थारु सँस्कृति जगेर्ना गर्नुका साथै युवा पुस्तामा हस्तान्त्रण गर्ने मुल उद्देश्यले आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकहरुले पनि मनोरञ्जन लिएका थिए ।

महोत्सव उद्घाटन समारोहमा थारु अगुवा बासु चौधरी, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे, रेष्टुरेण्ट बार एशोसियशन सौराहाका अध्यक्ष राजन भट्ट, नारी चेतना बचन तथा ऋण सहकारी सँस्थाकी अध्यक्ष बबिता चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने महोत्सव आर्थिक उपसमितिका संयोजक सजना चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

महोत्सव समापनका दिन युनेस्कोका कन्ट्री डाइरेक्टर किस्टिन मन्हटले मन्तव्य व्यक्त गर्दै थारुहरुका नयाँ पिढीले गौरव र मनोरञ्जनको रुपमा पुरानो पुस्ताबाट आफ्ना थरुहट कल्चर ग्रहण गरी जोगाउनु पर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *