थारू गोचाली परिवार संगठित,  थारू भाषालाई सरकारी कामकाजी बनाउन पहल गर्ने

मानबहादुर चौधरी/बर्दिया।

थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को माघ १५ गते बर्दियाको नारायणपुरमा भएको दोस्रो केन्द्रीय सम्मेलनले बर्तमान संघीय राज्य ब्यवस्थामा थारू बहुल क्षेत्रमा थारू भाषालाई सरकारी काम काजमा प्रयोग गर्न मान्यता दिन पहल गर्ने निर्णय गरेको छ ।

२०२८ सालमा प्रगतिशिल थारू यूवाहरुले थारू भाषा तथा साहित्य सुधार मञ्च गठन गरी गोचाली पत्रिकामार्फत प्रगतिशिल लेख र अन्य साहित्यमार्फत पञ्चायती ब्यवस्था विरोध र शोषित पीडत थारूहरुलाई जागरण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । कार्यक्रम थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) का अध्यक्ष जग्गुप्रसाद चौधरीको अध्यक्षतमा तथा गोचाली पत्रिका २०२८ का संस्थापक सम्पादक तथा थारू बिद्धान महेश चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बोल्दै महेश चौधरीले तत्कालीन हरेक किसिमले अप्ठेरो असहज अवस्थामा पनि केही युवाहरुले नै गोचाली पत्रिका र अन्य जागरणका विभिन्न गतिविधि मार्फत समाजमा रहेको शोषण दमनको विरोध र प्रगतिशिल बाटोमा थारूहरुलाई हिँड्न प्रेरित गर्दै हिँडेकाले आजको अवस्थामा आइपुग्न सफल भएको बताए । र अबको अवस्थामा पनि समय सापेक्ष बिकास भएका प्रविधि प्रयोग गर्दै गोचाली पत्रिकालाई पुनःप्रकाशन र ब्यवस्थापन दिन युवाहरु नै अगाडि सर्नुको बिकल्प नरहेको बताए । साथै बर्तमानमा देशमा आएको परिवतर्न, संघीय राज्य पुनसंरचना, पहिचानको लडाईमा थारू समुदायको अधिकारको पक्षमा वकालत गर्न पर्ने अवस्थामा गोचाली पत्रिका र थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को महत्व र औचित्य झनै बढेकोमा जोड दिए ।

जग्गुप्रसाद चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

सम्मेलनबाट जग्गुप्रसाद चौधरी (बर्दिया) को अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको पनि गठन भएको छ । अन्य पधाधिकारीमा उपाध्यक्ष फूलराम चौधरी कैलाली, महासचिव निरन्जन चौधरी बर्दिया, सचिव गीता चौधरी कैलाली, कोषाध्यक्ष मीना थारु र सदस्यहरुमा रघुनाथ चौधरी कैलाली, डाक्टर फूलराम र्चौधरी कैलाली, भगवतीप्रसाद चौधरी दाङ्ग, भरत कठरिया कैलाली, सूधा चौधरी वाँके, रमेश दहित बर्दिया, हरिप्रसाद चौधरी वाँकै, प्रणा चौधरी कैलाली र अन्य दुई जना दाङ्ग र सुर्खेत बाट दुई जना मनोनित बाँकी छ ।

यसैगरी संरक्षकमा महेश चौधरी र सल्लाहाकारमा बिष्णुप्रपाद चौधरी, कृष्णराज चौधरी, मंगलप्रसाद चौधरी, शुसिल चौधरी, डा. गोपाल दहित र सन्तराम धरकटुवालाई राख्ने निर्णय गरेको छ ।  कार्यक्रममा गोचाली परिवार २०२८का सस्तापकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मेलनमा बर्दिया, कैलाली, कन्चनपुर, दाङ्ग, वाँके र सुर्खेत जिल्लाबाट सहभागिता रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *