कोमल ओलीसँग सांसद डिल्ली चौधरीको नृत्य

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचे।

कार्यक्रममा विशिष्ट अतिथि बनेर पुगेकी गायिका वली जव स्टेजमा पुगिन उनलाई गीत गाउन दर्षक दीर्घाबाट आग्रह आयो। सुरुमा उनले तुलसीपुरमा मै जाँदा खेरी… भेटै भयो गजवको तन्नेरी… बोलेको गीत डिजेबाट आसपासका ठाँडापाखा गुञ्जायमान गराउँदा सबै मौन र मन्त्रमुग्ध बनेका थिए। तर गाँउदै गर्दा दर्षक दिर्घामा बसेका थारु युवा युवतीहरुलाई नाच्न हौस्याउँदै गायिका वलीले निम्त्याएकी थिइन्। त्यसपछि केही थारु युवायुवती नाच्नको लागि स्टेज आए।

त्यसबाट उत्साहित बन्दै उनले लगतै बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा…  बोलको गीत प्रस्तुत गरिन । कोमल वलीले सांसद डिल्लीबहादुर चौधरीलाई गीत गाँउदै भनिन् ‘सोल्टी राजा नाच्न आउनु पर्यो, यस्तो हेन्सि सोल्टी देखेर भुतुक्कै भाकीछु ।’ यति भनेपछि कार्यक्रमका प्रमुख अतिथि एवं सांसद डिल्लीबहादुर चौधरी उठेर अगाडिको बाँझो खेतमा गएर नाँच्न थाले ।

कोमल वलीपनि के कम, सांसद चौधरीको हात समायर मज्जाले नाच्न थालिन्। त्यतिबेला हुटिङ र तालीले आसपासको क्षेत्र गुञ्जायमान बनेको थियो। यर्थाथमा सांसद चौधरी र गायिका वली नाताले सोल्टी सोल्टनी नै रहेछन्। त्यसको राज पछि सांसद चौधरीले खोलेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं सांसद चौधरी नै कोमल वलीसँग नाच्न थालेपछि त्यसपछि त झन को भन्दा को कम भनेझैं पहाडी गीतमा झुमिरहेका थारु युवा युवती हुर्रीएर स्टेजमा पुगे र मन खोलेरै नाच्न थाले। त्यसबाट त्यहाँ उपस्थित सबैले मज्जाले मनोरञ्जन लिएका थिए । युवा युवती मात्रै हैन , चौधरी समुदायका जेष्ट नागरिकहरु समेत कोमल वलीको गीतमा तालमा ताल मिलाएर नाच्न प्रयास गर्दाको त्यो दृष्य निकै रोचक देखिन्थ्यो ।

गायिका वलीले, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै चलचित्र आगोको गीत गाँउदा होस वा चलचित्र मितेनीको , म त छु चिटिक्कै परेकी पियारी , कोई मर्द छौ भने आउ खेलौं जुहारी… लगायतका गीत प्रस्तुत गर्दा त्यहाँ उपस्थित थारु युवा युवतीहरु मनखोलेर छमछमी नाचेका थिए ।

तुल्सिपुर अनलाइनबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *