थरुहट प्राप्तीका लागि साहित्यिक आन्दोलनको पनि खाँचो छ : डा दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहितले थारु बाहुल्य क्षेत्र टुक्र्याएर शासकहरुले जानेरै पहिचान पक्षधरलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। त्यसकाविरुद्ध सबै पहिचान पक्षधरले आ-आफ्नो क्षेत्रबाट आन्दोलन गर्नुपर्ने उनको भनाई थियो।

बर्दियाको राजापुरमा शनिबार आयोजित जग्रार जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक भेलामा उनले भने- सबैभन्दा धेरै थारु भएको जिल्ला कैलाली र बर्दियालाई शासकहरुले दुई टुक्रामा विभाजित गरेको छ। त्यसविरुद्ध सबैले आआफ्नो ठाउँबाट आन्दोलन गर्नुपर्छ। साहित्यप्रेमीहरुले कलमको माध्यमबाट आन्दोलन गर्न जरुरी छ।

उनले सहभागी थारु साहित्यकारहरुलाई थरुहट आन्दोलनमा बल पुर्याजउन साहित्यिक आन्दोलनको सुरुवात गर्नुपर्ने बेला आएको बताउँदै पहिचान र थरुहट प्रदेश स्थापना गराउन कलम चलानुपर्ने बताए। उनले थरुहट प्रदेशका निम्ति आफूहरुले पनि सडक र सदन दुवै किसिमका आन्दोलन गर्दै आएकाले बताए।

उनले बर्दियाको राजापुर क्षेत्र नम्बर ४ निर्माणधीन थरुहट संग्राहालय आफ्नो पार्टीले निर्माण गराइरहेको बताउँदै सबै थारु क्षेत्रमा यस्ता संग्राहलयहरुको निर्माण हुनुपर्ने बताए। त्यसले सबै क्षेत्रका थारु पहिचान र संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाई थियो।

उनले जंग्रार साहित्यिक बखेरीले राम्रो कामको थालनी गरेको भन्दै यसलाई फेसबुकमा मात्र सीमित नराखेर संस्थागत बनाउनतर्फ ध्यानाकर्षण गराए। यसले थारुको इतिहासलाई संरक्षण हुने उनको भनाई थियो। कार्यक्रममा उनले थारु युवहरुलाई उच्च शिक्षा हासिल गर्न पनि आग्रह गरे। ‘सबैले थारुहरु पढेका हुँदैनन्। उनीहरुका बुद्धि हुँदैनन् भनेर आरोप लगाउँछन्। त्यसला चिर्न थारु युवाहरु पढ्नुपर्छ। डिग्री, पिएचडी हासिल गर्नुपर्छ,’ डा दहितले भने।

कार्यक्रममा पाँच जना साहित्यकारलाई सम्मान गरिएको थियो। जंग्रार साहित्यिक बखेरीको अभियानलाई सशक्त बनाउन महत्वपूर्ण योगदान गर्ने वरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा कवि सुशील चौधरी, जंग्रार साहित्यिक बखेरीका रेडियो उत्पादक तथा सञ्चालक सेभेन्द्र कुसुम्या, जीवनका बक्र रेखाहरुको लेखिका बालिका चौधरी र नव गायक तथा गजलकार दर्पण कुसुम्या सम्मानित भएको बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी गराए।

tharu-sahityik-vela-13

tharu-sahityik-vela-12

tharu-sahityik-vela-11

tharu-sahityik-vela-10

tharu-sahityik-vela-09

tharu-sahityik-vela-08

tharu-sahityik-vela-07  tharu-sahityik-vela-05

tharu-sahityik-vela-01

tharu-sahityik-vela-04

tharu-sahityik-vela-03

tharu-sahityik-vela-02




Leave a Reply

Your email address will not be published. Required fields are marked *