लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीब्र

लखन चौधरी/कैलाली।

कैलालीको घोरीघोरा मन्दिर परिसरमा वर्षेनि आयोजना हुँदै आएको लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीब्र पारिएको छ।
लवांगी पूजा तथा घोरीघोरा महोत्सव व्यवस्थापन समितिको आयोजनामा मंसिर १७ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको हो।

समितिका संयोजक जगनारायण चौधरीले धार्मिक, साँस्कृतिक र पहिचान तथा पर्यटन प्रवद्र्धनको लागि महोत्सव आयोजना गर्दै आएको बताए। उनले महोत्सवको तयारी करिब ७५ प्रतिशत पुरा भएको दाबी गरे।

घोडाघोडा नगरपालिका–१ स्थित उ घोरीघोरा मन्दिर र ताल क्षेत्र पश्चिम तराईको थारु समुदायको आस्था तथा प्रमुख धरोहरको केन्द्र हो। जहाँ प्रत्येक वर्ष चार-पाँच गाविसस्थित हजार्रौ स्थानीय थारूहरु परम्परागत रुपमा लवांगी पूजा तथा घोरीघोरा महोत्सवको आयोजना गर्दै आएका छन्।

संयोजक चौधरीका अनुसार पूजा तथा महोत्वमा स्थानीय थारु समुदाय आफ्ना मौलिक पहिरन, खानपान र कला संस्कृतिका साथ जमघट हुँदै आएका छन्। लवांगी पूजामा स्थानीय थारु समुदाय परमपरागत ढंगले नयाँ अन्नको प्रसाद बनाई चढाउनुको साथै सामूहिक रुपमा पशु पंक्षीको बलि दिँदै आएका छन्।

यसैबीच थारु समुदायको लोपोन्मुख बरका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरको प्रस्तुती र प्रदर्शन हुने जनाइएको छ । त्यस्तै, कार्यक्रममा थारु कलाकारहरुको पनि प्रस्तुती रहने भएको छ। थारु राष्ट्रिय लोक गायक मनिराम चौधरी, गायक प्रदेशी कुशुम्या (दर्पण) गायिका समिक्षा चौधरी, गायक रोशन रत्गैयाँ, गजलकार श्याम चौधरी (श्याम सरावी) लगायतको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *