भेट्टाएको ४० हजार लिन कोही आएन

भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् । शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

‘हिजो (सोमबार) साँझ कपुरकोट प्रहरी चेकपोस्टनजिकै सडकमा पोलिथिनको झोलामा पैसा भेट्टाएँ,’ उनले भने । यो पैसा कसको हो ? भनेर पनि वरपर सोधखोज गर्दा कसैले पनि दाबी गरेनन्,’ उपप्राध्यापक बुढाथोकीले भने ।

दसैंको बेलामा पैसा हराएको मान्छे आत्तिएको होला भनेर पैसा भेट्टाउने बित्तिकै रेडियो प्रकृति र कपुरकोट एफएमबाट सोको जानकारी गराएको बताउँदै उनले भने, ‘सम्बन्धित व्यक्ति सम्पर्कमा आउन सूचना जारी गर्दा पनि अहिलेसम्म कोही आएका छैनन् ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *