एमालेको ५ प्रदेश इन्चार्जमा बैजनाथ चौधरी

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन भएका छन् । सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन प्रत्येक समूहले सहमतिका आधारमा टोली नेता छानेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए । 

जस अनुसार प्रदेश नम्बर १ बाट जगन्नाथ खतिवडा, २ बाट प्रल्हाद गिरी, ३ बाट अरुण नेपाल र ४ बाट जगत विश्वकर्मा टोली नेता चयन भएका छन् । त्यस्तै प्रदेश ५ बाट बैजनाथ चौधरी, ६ बाट यमलाल कँडेल र ७ बाट निरा जैरु छानिए । बिभिन्न बिभागहरुको समूहबाट रचना खड्का र फाँटहरुबाट विश्वनाथ प्याकुरेल टोली नेता छानिएका छन् । टोली नेताहरुले आ-आफ्नो समूहको निष्कर्ष सुनाउने क्रम जारी रहेको जैरुले बताइन् ।

टोली नेताको निष्कर्ष चित्त नबुझ्नेले हात उठाएर २ मिनेटमा आफ्नो भनाइ राख्न पाउने र नेतालाई २० मिनेटमा निष्कर्ष सुनाउन समय दिइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *