प्रवासी थारु समाज युएईबाट नेत्र थनेतको राजीनामा

प्रवासी थारु समाज युएईका जन्मदाता नेत्र थनेतले साधारणसदस्य समेत नरहनेगरी सो संस्थाबाट अलग भएका छन्। ब्यापारको सिलसिलामा समय दिन नसकेको भन्दै उनले आजैको मितिबाट सो संस्थाबाट राजीनामा दिएका छन्। यद्यपि आफूले सक्ने सहयोग भने संस्थालाई गरिरहने उनले बताए। ‘ब्यापारमा बढी समय दिन परेकाले संस्थामा समय दिन गाह्रो भयो। त्यसैले आजैको मितिबाट संस्थाबाट साधारण सदस्यसमेत नरहनेगरी अलग भएको छु। मैले सक्ने सहयोग भने संस्थाप्रति हरदम रहन्छ,’ उनले थारुवानसँग भने। 

चार वर्षअघि सन् २०१२ सालमा स्थापना भएको यो समाजले हालसम्म विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आएको छ। आफ्नो समुदायलाई आपतविपद् परेको बेला सहयोग गर्न सकियोस् भनेरै नवलपरासी स्थायी घर भएका थनेतले यो समाजलाई जन्म दिएका थिए।
यो समाजले प्रवासमा विभिन्न कार्य गर्नुका साथै मातृभूमि नेपालमा पनि समाजिक काम गर्दै आएको छ। यो समाजले युएईमा हरेक वर्ष थारुहरुको नयाँ वर्ष माघी मनाउने गर्छ। जहाँ सयौं थारुहरु उपस्थित भएर आफ्नो कला संस्कृति र पहिचनलाई जगेर्ना र प्रवर्द्धन गर्ने काम गरेको छ।

राष्ट्रिय थारु संग्रहालय पुनःनिर्माणका अभियन्ता
समाजका संस्थापन अध्यक्ष उनै थनेतले नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालय पुनःनिर्माणका अभियन्ता पनि हुन्। उनले विदेशमा बस्नुभएका नेपाली दाजुभाइसँग सहकार्य गरेर संग्रहालय निर्माणका निम्ति चन्दा संकलन गरिरहेका छन्। उनले थालेको अभियानमा विभिन्न देशबाट थारु र गैर थारुहरुले चन्दा उपलब्ध गराइरहेका छन्। थनेत एनआरएन एनसीसी युएईका वरिष्ठ उपाध्यक्ष पनि हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *