भारतीय पत्रकारले सोधे- के अब मधेस आन्दोलन हुँदैन?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको विहारका मुख्यमन्त्री नीतिश कुमारबीच भेटवार्ता भएको छ। दाहाल भेट्न नीतिश भारतस्थिन नेपाली दूतावास पुगेका थिए।

दाहाल-नीतिश भेटपछि नीतिशसँग भारतीय संचारकर्मीले सोधे– ‘नीतिशजी नेपाल–भारत सीमा सुरक्षाका विषयमा अझै शंका छ, फेरी मधेस आन्दोलन सुरु नहोला?’ नीतिशले जवाफमा छोटो एक बाक्य मात्रै खर्चिए– ‘प्रचण्डजी सक्षम हुनुहुन्छ।’

संचारकर्मीको भीड छिचोल्दै अघि बढेका नीतिश केहीबेर रोकिएर थपे ‘यस्ता धेरै मुद्दाहरु छन् जसकाबारेमा केन्द्र सरकारले कुरा गर्नेछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *