दहितको गीतमा वीर र प्रमिला चौधरीको केमेस्ट्री

थारु गायक मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘तु अइलो मोर जिन्गिम’ बोलको गीत उनले सङ्स नेपालबाट बजारमा ल्याएका हुन्। उक्त गीतको म्युजिक भिडियो सङ्स नेपालको युट्युबमा हेर्न सकिन्छ।

दहितले आफ्नै शब्दमा गाएको उक्त गीतमा उनी आफैंले संगीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन भने सुधाराम दहितले गरेका छन्। म्युजिक भिडियोमा वीर चौधरी र प्रमिला चौधरीले अभिनय गरेका छन्।

दहित यसअघि पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्चा बटुलेका थिए। दहितले इ मुटु करल ढुक्ढुक ,यिंहरी छोटी मोटी महुलिक रुखवाजस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *