दाङका थारू पत्रकार हीरामणि चाैधरीकाे निधन

पत्रकार हीरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो । संघका मध्यपश्चि इन्र्चाज एवम दाङका अध्यक्ष सन्तोष दहितले शोक वक्तव्य जारी गरी पत्रकार चौधरीको निधनले पत्रकारीतामा अतुलनीय क्षति पुगेको उल्लेख गरेका छन् ।
साथै संघले स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली एवम शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेना प्रकट गरेको छ । तुलसीपुर १८ कचिला निवासी चौधरीको राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको चौधरीका दाजु भरतमणि चौधरीले जानकारी दिए । ३१ बर्षीय चौधरी विगत १० वर्ष पहिलेदेखी रेडियो तुलसीपुर दाङमा कार्यरत रहँदै आउनुभएको थियो ।
थारु भाषाको समाचार, सूचना र सन्देशमुलुक कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी चौधरीले सम्हाल्दै आएका थिए। उनकाे आजै सितलपुर स्थित ववई घाटमा दाहासंस्कार गरिने पारिवारले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *