दहितको नयाँ गीत आउँदै, प्रविना र वीरले अभिनय गर्ने

थारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ।

उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार वीरबहादुर चौधरी र प्रविना दहितले म्युजिक भिडियोमा अभिनय गर्नेछन्।

दहितले इ मुटु करल ढुक्ढुक ,यिंहरी छोटी मोटी महुलिक रुखवाजस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्। सीएस फिल्मसको पोस्ट प्रोडक्सनमा सो गीत म्युजिक नेपालबाट बजारमा आउने दहितले जानकारी दिए।

म्युजिक भिडियोमा सुधराम दहितको कोरियोग्राफी र सतिस सिन्हाको छायांकन रहनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *