धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी

माओवादी केन्द्रका सांसद मानपुर चौधरीले थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम चौधरीलाई ल्याउनु ठूलो गल्ती भएको बताएका छन्। उनले राजकुमार लेखीका कारण धनिराम अध्यक्ष भएको भन्दै ठूलो गल्ती भएको बताए।

सभाको उपत्यका समितिको सातौ अधिवेशनमा  सम्बोधन गर्दै उनले भने- विरोध गर्दा गर्दै राजकुमार लेखीले धनिरामलाई अध्यक्ष बनाउनुभयो। जुन ठूलो गल्ती थियो।

एकअर्कालाई गालीगलौज गर्नुभन्दा सबैको सहयोग र हातेमालोले थारु ल्याणकारिणी सभाको विकास हुने उनको धारणा थियो। उनले थारुहरुको साझा संस्थाको एउटा आफ्नै भवन नहुनु दुर्भाग्यपूर्ण रहेको बताए। सोही अवसरमा उनले भवन निर्माणका लागि आफ्नो दुई महिनाको तलब सहयोग गरेका छन्। उनले एक लाख एक हजार रुपैयाँ चेकमार्फत् उपत्यका समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *