राजकुमार लेखीले थाकसबाट विश्राम लिँदै

थारु नेता राजकुमार लेखीले थारु कल्याणकारिणी सभा (थाकस)बाट विश्राम लिने भएका छन्। नागरिक समाजवादी पार्टीको संयोजक लेखीले पार्टीको काममा बढी सक्रिय हुने भन्दै सभाबाट विश्राम लिने बताएका छन्। ‘हुन त विगत ११ महिनादेखि थाकसमा निस्क्रिय छु। अब औपचारिकरुपमै सभाबाट विश्राम लिँदैछु,’ उनले भने।

शनिबार थाकस उपत्यका समितिको अधिवेशनमा विश्रामको घोषणा गर्ने बताइएको छ।

उनले थाकसमा उपत्यका समिति र केन्द्रीय कमिटी गरेर १८ वर्ष योगदान गरेका छन्। उपत्यका समितिमा ९ र केन्द्रीय कमिटीमा पनि उनले ९ वर्ष योगदान गरेका छन्। अष्टभुजा अध्यक्ष हुँदा लेखीले महामन्त्री पद सम्हालेका थिए।

अहिले उनी थाकसमा केन्द्रीय सदस्य, सचिवालय सदस्य र प्रशिक्षण विभाग प्रमुख छन्। थाकसमा सक्रिय नरहेपनि यो कार्यकालमा आफूलाई दिइएको जिम्मेवारी भने निर्वाह गर्ने उनले बताए। ‘म पूर्णरुपमा निस्क्रिय रहेपनि मलाई दिइएको जिम्मेवारी भने निर्वाह गर्नेछु,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *