कपिलवस्तुमा थरुहटको प्रशिक्षण भेला

थरुहट तराई पार्टी नेपालले कपिलवस्तुको विभिन्न स्थानमा प्रशिक्षण भेला आयोजना गरेको छ। मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको भृकुटी नगरपालिकाको बुद्धभूमि क्याम्पस बरकुलपुर र शिवराज नगरपालिका करहिया स्कुलमा प्रशिक्षण आयोजना सम्पन्न भएको छ।  Gopal Dahit 02पार्टीका जिल्ला पदाधिकारी र कार्यकर्ताहरुलाई पार्टीका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले प्रशिक्षण दिएका थिए। पार्टी नीति तथा कार्ययोजनाबारे केन्द्रीय सचिव मिनराज चौधरीले स्पष्ट पारेका थिए। कार्यक्रममा कपिलवस्तु अध्यक्ष जलेश्वर प्रसाद थारु, केन्द्रिय सदस्य जगतविर थारु,  रामपति थारुलगायतले पार्टीको अवधारण, उद्देश्य र संगठन विस्तारबारे प्रकाश पारेका थिए।

Gopal Dahit 03

त्यस्तै थरुहट तराई पार्टीले शिवराज नगरपालिकामा मंगल चौधरीको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *