फेसबुक चलाएर अधिकार सुनिश्चित हुँदैन : सांसद गंगा

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले फेसबुक चलाएर अधिकार सुनिश्चित हुने बताएकी छन् । उनले सत्य कुरा तीतो हुने बताउँदै फेसबुकमा हल्ला गरेर थारु अधिकार सुनिश्चत नहुने बताएकी हुन्।

‘सत्य कुरा तीतो हुन्छ । करेला तीतो भए पनि मिठो मानेर खानुपर्छ । विडम्बना आजको दिनमा हा म्रा नेताहरु विभिन्न पार्टीका झोला बोकुवा भएका छन्,’ थारु विद्यार्थी समाजको कार्यक्रममा सांसद चौधरीले भनिन् ।

उनले आफ्नै कारणले आज धेरै थारु नेताहरु झोला बोकुवा भएको बताइन् । दोस्रो संविधानको सभाको निर्वाचनमा हामीले नै सबै थारुहरुलाई चुनेर पठाएको तर उनीहरुले थारु अधिकारका निम्ति पार्टीभन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।

उनले कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि थारु अधिकार निम्ति गरेको योगदानको कदर गर्दै भनिन्, ‘थारु आन्दोलनमा सक्रिय भूमिका निवार्ह गर्नुभयो जुन सराहनीय छ । तर अन्तिम समयमा संविधानमा हस्ताक्षर गरेर गल्ती गर्नुभयो ।’ उनले सबैजनाले आ–आफ्ना नेताहरुलाई थारु अधिकारका निम्ति घच्घच्याउनुपर्ने बताइन् ।

याे पनि पढ्नुस्:
सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…




Leave a Reply

Your email address will not be published. Required fields are marked *