थनेतको निधनप्रति दाहालको शोक

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सल्लाहकार खड्गबहादुर थनेतको निधनमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशन गर्दै सामाजिक अभियानकर्मी समेत रहेका थनेतको निधनले पार्टी तथा क्रान्तिप्रति क्षति भएको उल्लेख गरेका छन्।

नवलपरासी, कावासोती नगरपालिका–१४ डन्डा निवासी ६७ वर्षीय थनेतको यही साउन ६ गते नारायणी सामुदायिक अस्पताल चितवनमा उपचारका क्रममा निधन भएको थियो।

तत्कालीन जनमोर्चाको नवलपरासी जिल्लाका संस्थापक अध्यक्ष हुँदै पार्टीका विभिन्न जिम्मेवारीमा रहेका काम गर्दै आएका थनेतका छ छोरा र श्रीमती छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *