अाेलीकाे राजीनामा खुसीमा जनकपुरमा दिपावली

प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् ।

जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् ।

दिपावली मनाउँदै गरेका युवाहरुले मधेश आन्दोलनका क्रममा राज्यबाट हत्या गराइएका मधेशीहरुको छानविन गरी ओलीलाई जन्मकैदको सजाई दिनुपर्ने बताए ।

युवाहरुले भने,‘केपी ओली हत्यारा हुन् । उनीमाथि छानविन हुनुपर्छ । आन्दोलनका क्रममा मारिएका सम्पूर्ण मधेशीको जिम्मेबार ओली भएकोले उलीलाई हत्या अभियोगमा तत्काल नियन्त्रणमा लिइ कारवाही अगाडि बढाउनु पर्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *