राजधानीमा एक दिने थारु चलचित्र महोत्सव

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव सम्पन्न भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा राजधानीको नाचघरमा भएको कार्यक्रममा थारु वृत्तचित्र र थारु भाषाको पहिलो फिल्म करम प्रदर्शन गरिएको थियो।

कार्यक्रमको सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले उद्‍घाटन गरेकी थिइन्। कार्यक्रममा थारू गीतसंगीत तथा चलचित्रमा योगदान पुर्याउनु संगीतकार विकास चौधरी, कलाकार तथा क्यामरा पर्सन सबिता चौधरी, गायक विजय चौधरीलाई सम्मानित गरिएको थियो। त्यस्तै चम्पन सांस्कृति समूहका अध्यक्ष नन्दुलाल चौधरी, चम्पन समूहकै राज कुश्मी, अन्जु चौधरी, दिपक चौधरीलगायत सम्मानित भएका थिए।

कार्यक्रममा राज्यमन्त्री चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महोत्सवले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरिन्। ‘लौ भन्नुस् कुन धारामा थारु, मधेसी र महिलाको अधिकारलाई कटौती गरिएको छ? खै कहाँ अधिकार दिँदैन भनिएको छ?,’ मन्त्री चौधरीको प्रश्न गरिन्।

थारु चलचित्र तथा सांस्कृतिक संघ तथा चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रको उद्घाटन सत्रमा विभिन्न थारु नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *