आशिष चौधरीको पोलिग्राफ आज गरिने

फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार पहिलो चरणको पोलिग्राफ आज हुनेछ।

त्यसै पोष्टमाटर्म सम्बन्धि विस्तृत रिपोर्ट आउन अझै दुई दिन लाग्ने भएको छ । पोष्टमार्टमका लागि खटिएका डा. काम विशेषले बाहिर रहेको कारण विस्तृत रिपोर्ट आउन दुई दिन लाग्ने भएको सापकोटाले बताए ।

मनिषाको हत्यामा संलग्न रहेको आशंकामा प्रक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दाबी गरेका छन् ।

आशिष अझै जिल्ला प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *