धनिरामलाई थरुहट संघर्ष समितिको तीन दिने अल्टिमेटम

थरुहट संघर्ष समितिले आन्दोलन परिचालन समिति थरुहट थारुवान संघर्ष समितिका कारण थारु आन्दोलन कमजोर बन्दै गएको भन्दै ज्ञापन पत्र बुझाएको छ। सीताराम चौधरी नेतृत्वको टोलीले शनिबार आन्दोलन परिचालन समितिका सदस्य प्रेमीलाल चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। पत्रमा उनीहरुलाई हटाएकोप्रति सार्वजनिक माफी माग्न तीन दिने अल्टिमेटम पनि दिइएको छ।

‘जनसागर ओर्लिने थरुहट आन्दोलन आज प्रेस विज्ञप्तिमा सिमित भएको छ। शान्तिपूर्ण आन्दोलनमा नेताहरु प्रहरी प्रशासनले समाउँछ कि भन्दै कोठामा लुकेर विज्ञप्ति फालेर आन्दोलन उठ्न सक्दैन न जनताको विश्वास जितिन्छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘संयोजकको धुलमूले पाराले नेतृत्वपंक्ति प्रति थरुहटबासी जनताहरुको विश्वास घटिसकेको छ, मनोबल एकदमै गिरिसकेको छ। यस किसिमको अवस्थालाई चिर्दै केन्द्रीय आन्दोलन परिचालन समितिले प्रभावकारी भूमिका खेल्नको लागि अबको आन्दोलन संघर्ष समितिको माग, मुद्दा मिल्ने सबैसँग सहकार्य, एकता, मार्चाबन्दी गर्दै नयाँ शिराबाट गर्नुपर्ने आवश्यकता देखिन्छ।’

‘यस अवस्थामा भएका कमी कमजोरीलाई सच्याउन संघर्ष समितिको गम्भीररुपमा ध्यानाकर्षण गराउँदै निम्नानुसार उल्लेख भएका हाम्रा माग पूरा गर्न ३ दिने अल्टिमेटमसहित ज्ञापन पत्र पेस गरेका छौं,’ पत्रमा भनिएको छ।

ज्ञापन पत्र बुझाउँदै युवा नेता सीतारम थारुले भानुराम थारु र मिनराज थारु सडकमा संघर्ष गर्ने व्यक्ति भएको बताए। ‘सबाल कहाँनेर छ भने अन्दोलनलाई कसैले आफ्नो ब्यक्तिगत स्वार्थको लागि पूरै थारु समाजलाई धरापमा पार्न खोजिँदैछ,’ उनले भने।

ज्ञापन पत्र बुझ्नुस्

श्रीमान् संयोजक ज्यू

थरुहट/थारुवान संयुक्त संघर्ष समिति

केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समिति

विषय :  ज्ञापन पत्र।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिबाट २०७२ साउन २७ गते देखि घोषणा भएको संघर्ष विभिन्न चरणहरु पार गर्दै आन्दोलन नौ महिना पुरा गरिसकेको छ। निरन्तर संघर्ष जारी रहेता पनि हाम्रो माग मुद्दा प्रति सरकार रत्तिभर पनि संवेदनशील छैन। नेपाली जनताहरुको सक्रिय साथ समर्थन र सहयोगले उत्कर्षमा पुग्नै लोगको थरुहट आन्दोलन टिकापुर घट्ना पछि एकाएक सुस्ताएको छ। टिकापुर घटना र आन्दोलनमा सरिक भएकै कारण राजनीतिक प्रतिशोधका आधारमा गृह प्रशासनले थरुहट आन्दोलनकर्मीहरुलाई निराधार आरोप लगाउदै पक्राउ गरी झुठा मुद्दा लगाएको छ। थरुहट आन्दोलनकर्मीहरु निकै कष्टकरका साथ जेलबन्दी जिवन बिताउन बाध्य भएका छन्। थरुहट आन्दोलनका घाइतेहरुको औषधी उपचार, भौतिक सम्पत्तिको क्षतिपूर्ति सरकारले दिएको छैन। यस किसिमको अवस्थामा सरकारको गैरजिम्मेवारीपन र काला कर्तुतको भण्डाफोर गर्दै, थरुहट/थारुवान संयुक्त संघर्ष समितिको नेतृत्व लिदै जनताहरुको बिचमा जानु पर्ने अवस्थामा संयोजक आज सरकारी संयन्त्र र प्रहरी प्रसाशनसंग मिलेर बनावटी ढंगले अर्धभूमिगत भएर आन्दोलनकारी जनतालाई भ्रममा पारिरहेको छ। त्यसैगरी थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन समिति प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सदस्य सचिव मिनराज चौधरी र थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारु लाई संघर्ष समिति बाट निश्कासन गरिएको कार्यप्रति थरुहट संयुक्त संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ।

सम्पूर्ण आदिवासी थारु, पहिचानवादी, संघीयता पक्षधरहरु एकजुट भएर शासकहरु संग संघर्ष गर्ने बेलामा निराधार आरोप लगाउदै संघर्ष समितिको विधि विधान मिच्दै संघर्ष समितिबाट द्धयलाई निष्कासन गरिएको कार्यप्रति हामी घोर भर्त्सना गर्दै, यो निर्णय हामीलाई स्वीकार्य नभएको जानकारी गराउन चाहन्छौं। निश्कासन गर्दै टुटफुटको संघर्षले हाम्रो आन्दोलन सशक्त एवं प्रभावकारी हुनै सक्दैन, न त हाम्रो माग मुद्धाको सुनुवाई हुन्छ। यो बेला एकता र संघर्ष नै हाम्रो बाटो भएको हुनाले भन्दै अविलम्ब निर्णय सच्याउन जोरदार माग गर्दछौं।

जनसागर ओर्लिने थरुहट आन्दोलन आज प्रेस विज्ञप्तिमा मात्रै सिमित भएको छ। शान्तिपूर्ण आन्दोलनमा नेताहरु प्रहरी प्रशासनले समाउ छ कि भन्दै कोठामा लुकेर विज्ञप्ति फालेर आन्दोलन उठ्नै सक्दैन न त जनताको विश्वास हुन्छ। संयोजकको धुलमूले पाराले नेतृत्वपंक्ति प्रति थरुहटवासी जनताहरुको विश्वास घटिसकेको छ, मनोबल एकदमै गिरिसकेको छ। यस किसिमको अवस्थालाई चिर्दै केन्द्रीय आन्दोलन परिचालन समितिले प्रभावकारी भूमिका खेल्नको लागि अबको आन्दोलन संघर्ष समितिको माग, मुद्धा मिल्ने सबै संग सहकार्य, एकता, मार्चाबन्दी गर्दै नयाँ शिराबाट गर्नुपर्ने आवश्यकता देखिन्छ। यस अवस्थामा भएका कमी कमजोरीहरुलाई सच्याउन संघर्ष समितिको गम्भिर रुपमा ध्यानाकर्षण गराउदै निम्नानुसार उल्लेख भएका हाम्रा मागहरु पुरा गर्न ३ दिने अल्टिमेटम सहित ज्ञापन पत्र पेश गरेका छौं।

हाम्रो यो मागप्रति संघर्ष समिति संवेदनशील नभएमा वा कार्यान्वयन नगरेमा थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको नेतृत्व गर्दै आफनो हिसाबले कदम चाल्न बाध्य हुने कुरा यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं।

थरुहट संयुक्त संघर्ष समितिको माग तथा शर्तहरु

१) थरुहट/थारुवान संयुक्त संघर्ष केन्द्रीय संयोजन समितिमा थरुहट संयुक्त संघर्ष समिति बाट प्रतिनिधित्व गरेका पाँच जना सदस्यहरु मध्ये संघर्ष समितिका सदस्य सचिव मिनराज चौधरी र संघर्ष समितिका एक घटक संगठन थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारुलाई निराधार आरोप लगाई विधि विधान मिच्दै सफाईको मौका समेत नदिइ कारवाही गरिएको निर्णय अविलम्ब सार्वजनिक रुपमा माफी माग्दै फिर्ता लिनु पर्ने।

२) थरुहट संयुक्त संघर्ष समिति बाट प्रतिनिधित्व गरेका सदस्य रमेश चौधरी र शैलेन्द्र कुमार चौधरी आफ्नै संगठनबाट प्रतिनिधित्व गरेका मिनराज चौधरीलाई कारवाही गर्ने सम्बन्धमा थरुहट संयुक्त संघर्ष समितिमा कुनै छलफल तथा जानकारी नै नगरी थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन समिति बाट निश्कासन गरिएको निर्णयमा सहमति जनाई गलत कार्य गरेको ठहर गर्दै, निज द्धयलाई संघर्ष समितिको केन्द्रीय संयोजन समिति बाट फिर्ता बोलाउने थरुहट संयुक्त संघर्ष समिति बैठकको निर्णय अनुरुप संघर्ष समिति बाट फिर्ता बोलाएका छौं। अब उप्रान्त निज द्धयलाई थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समितिमा सहभागि नगर्न गराउन जानकारी अनुरोध गर्न चाहन्छौं।

३) थरुहट/थारुवान संयुक्त संघर्ष समितिबाट घोषणा भएका संघर्षका कार्यक्रमहरुलाई सशक्त एवं प्रभावकारी बनाउनका लागि संघर्ष समितिको माग मुद्धा मिल्ने सबै थरुहट शक्तिलाई एकतामा गोलबन्द गर्दै, अन्य पहिचान र संघीयता पक्षधर शक्तिहरु संग पनि कार्यगत एकता वा मोर्चावन्दी गर्दै संघर्ष गर्नु पर्ने।

४) यस ज्ञापनपत्रमा उल्लेख भए अनुरुपको अवस्थालाई दृष्टिगत गर्दै, भएको कमी कमजोरीहरुलाई नेतृत्व पंक्तिले सुधार गर्दै शान्तिपूर्ण थरुहट/थारुवान संयुक्त संघर्ष समितिबाट घोषणा भएका संघर्षको कार्यक्रममा संयोजक धनीराम चौधरी सहित सबै केन्द्रीय नेतृत्व पंक्ति जनताहरुको बिचमा गएर आन्दोलनको नेतृत्व गर्नु पर्ने। यदि संयोजक जनताहरुको बिचमा जान सक्दैनन भने संयोजक पद बाट राजिनामा दिनु पर्ने ।

५) यदि हाम्रा मागहरुलाई थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अविलम्ब कार्यान्वयन गर्न गम्भीर नभएको खण्डमा थारु समुदायको समग्र हक अधिकारको लागि थरुहट/थारुवान आन्दोलन नयाँ सिराबाट संघर्ष गर्न बाध्य हुने कुरा यसै ज्ञापन पत्र मार्फत अवगत गराउन चाहन्छौ।

थरुहट संयुक्त संघर्ष समितिमा आवद्ध रहेका घटक सदस्य संगठनहरु

१) थारु विद्यार्थी समाज केन्द्रिय समिति

२) बर्दियाली थारु विकास मञ्च काठमाडौं

३) थारु पत्रकार संघ

४) सर्वहित समाज नेपाल

५) कैलाली कंचनपु मैगर थारु विकास समाज

६) थारु विद्यार्थी समाज उपत्यका

७) थारु एरान्ड डी वल्ड

८) चम्पन सांस्कृतिक समुह

९) थारु बौद्धिक अनुसन्धान केन्द्र

१०) थारु महिला जागरण केन्द्र

११) थारु कम्युनिटी फेसबुक

१२) थारु आदिवासी गै.सं.महासंघ

१३) थारु महिला समाज

१४) पूर्वी थारुवान कोचिला संघर्ष समिति

१५) थारु संगीत कला मन्दिर

१६) तराई आदिवासी कला संगीत प्रतिष्ठान

१८) थारु युवा  स्वंयम सेवक

१९) थारु युवा परिवार




Leave a Reply

Your email address will not be published. Required fields are marked *