चट्याङ पर्दा बारामा सीमा चौधरीको मृत्यु, उनका छोरा घाइते

बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सोही गाविस बस्ने शम्भु चौधरीकी श्रीमती ३५ वर्षीया सीमा चौधरी, १२ वर्षीय छोरा शिव चौधरीसँगै खेतमा काम गरिरहेको अवस्थामा अचानक हावाहुरी, असिना पानी परेको समयमा अचानक चट्याङ् लागी चौधरीकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने बालक घाइते भएको छ।

मृतक सीमा चौधरीको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *