R Lekhi 02

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले आन्दोलन नगरी अधिकार प्राप्त नहुने बताएका छन् । वीरगन्जमा आयोजित कार्यक्रममा उनले आदिवासी, जानजातिविरोधी संविधानको भण्डाफोर गर्नुपर्ने बताए । उनले कालो संविधान बनाउन शीर्ष चार नेता जतिकै थारु मधेसी सभासद पनि दोषी भएको बताए ।
‘कालो संविधान बनाउन चार नेता जति दोषी छन्, त्यति नै दोषी नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीका मधेसी थाारु सभासद् पनि छन्,’ थारु आन्दोलनका अगुवा लेखीले भने, ‘त्यसैले थारु मधेसी सभासदलाई चोख्याउने काम आन्दोलनकारीले गर्नुहुन्न ।’

R Lekhi 01

लेखीले भ्रष्टचारी र हत्यारा नेतालाई जनताले कारबाही गरेर जेल पठाउनुपर्ने बताए । उनले आफूले खोलेको पार्टीले पनि कालो संविधान बनाउने जनताका हत्यारालाई कारबाही गर्न भूमिका निर्वाह गर्ने बताए । उनले बाबुराम भट्टराईको नयाँ शक्ति पनि जनताविरोधी भएको बताए । बाबुराम भट्टराईले पनि २५ हजार बढीको ज्यान लिएको भन्दै उनी पनि जनताको विरोधी भएको उनले बताए ।

‘बाबुराम भट्टराई पनि संविधानका हस्ताक्षरकर्ता हुन् । २५ हजार जनताका हत्यारा हुन्,’ लेखीको आरोप लगाउँदै भने, ‘बाबुरामको नयाँ शक्ति नयाँ शक्ति होइन, जनता विरोधी शक्ति हाे। उनले पत्नी हिसिया यमिमार्फत् करोडौं लुटेका छन् ।’
लेखीले हालसालै नागरकि समाजवादी पार्टीको घोषणा गरेका थिए । उनले पहिलो चरणमा २७ केन्द्रीय सदस्यको नामसमेत घोषणा गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *