Bijay Gachhadarकार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाको सहमतिमा नै तीन महिनाभित्र सीमाङकनको विवाद सावाधान गर्ने बताएका छन् । यद्यपी मोर्चाले भने जस्तो तराईमा २ प्रदेश निर्माण असम्भव रहेको वताए ।
सुनसरीको इटहरीमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले मोर्चाको सहमतिमा नै ११ सदस्यीय समिति निर्माण गरेको बताए ।

मोर्चाले समिति निर्माणमा असन्तुुष्टि जनाएपनि प्रधानमन्त्री केपी ओली नेपाल फर्किएपछि यस विषयमा मोर्चासँग छलफल गरी समस्या सावधान गरिने उनले बताए । गच्छदारले भने, ‘समिति निर्माण अगावै कार्यविधि निर्माण गर्नु समस्या बढाउन जस्तै हो, त्यसैले सीमाङ्कनको पुनर्निर्धारण हुँदा संख्यापनि थपघट हुन सक्छ ।’

उनले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार निर्माण गरिन सकिने पनि वताए । ‘अधिकतम सहमतिमा राष्ट्रिय सहमतिको सरकारको स्वरुप यो सरकारले पाउन सक्छ, अहिलेको आवश्यता पनि यही हो’ गच्छदारले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *