tharu meeting

चन्दन रौनियार/दुहबी

थरुहट/थारुवान संयुक्त संघर्ष समिति सुनसरीको दुहबीमा गरेको क्षेत्रीय समिक्षा कार्यक्रममा अतिथिको रुपमा उपस्थित एमाओवादीका सभासद मानपुर चौधरीलाई मुर्दाबादको नारा लगाई बहिष्कार गरेको छ। थारु समुदायले हक अधिकारकोलागी रोडमा बलिदान दिइरहेको अवस्थामा घोषणा गरेको विभेदकारी संबिधानमा हस्ताक्षर गरेको भन्दै सप्तरीबाट निर्वाचित माओबदीका सभासद मानपुर चौधरीलाई बैठकमा बहिष्कार गरेको हो।

Manpur Chaudhary

बैठकमा पूर्वी तराईका ६ जिल्लाका सहभागी आन्दोलन कार्यकर्ताका प्रतिनिधिहरु र थारु युवा सभाका युवाले सभासद चौधरीलाई बैठकबाट बहिष्कार गर्नुपर्ने माग गरेका थिए। सोही क्रममा कार्यक्रम तनावपूर्ण बनेको थियो।

बैठक तनावपूर्ण बनेपछि सभासद चौधरीलाई सुरक्षाकर्मीले सुरक्षा दिएका थिए। उनलाई मञ्चबाट लैजाँदै गर्दा आन्दोलनकारीले बोतल प्रहार गरेका थिए। थारुहरुले सभासद् चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाउनेसमेत योजना बनाएका थिए।

थारुलाई गोली हान्ने र पहिचान मेटाउने संविधानमा हस्ताक्षर गरेका सबै सभासदहरुलाई थरुहट-मधेसमा टेक्न नदिने थारु युवाहरुको भनाई छ। विगत ४६ दिनदेखि गर्दै आएको आनदोलनलाई सार्थक र सशक्त बनाउन संघर्ष समितिले तराईका ४ ठाउँमा समिक्षा कार्यक्रम आयोजना गर्‍यो।

sunsari tharu

कार्यक्रममा थरुहट संघर्ष समिति केन्द्रीय संयोजक रमेश चौधरीले पूर्वी तराईका ६ जिल्लामा भएको क्षेत्रीय समीक्षा गर्दै केन्द्रीय प्रतिबेदन प्रस्तुत गरे। प्रतिबेदन सुनाउँदै ६ जिललामा आन्दोलन सन्तोषजनक रहेको बताउँदै संबिधान जारी पश्चात सरकार हामीप्रति निकै कठोर भएको बताए। हाम्रो मागलाई बेवास्ता गरिरहेको हुनाले आन्देलनरत सबै शक्तिसँग एकजुट भई सशक्त आनदोलन गर्नुपर्ने उनको धारणा थियो।

थारु कल्याणकारीणी सभा जिल्ला सभापति पुणितलाल चौधरीको सभापतित्वमा भएको सो बैठकमा थरुहट थारुवान संघर्ष समिति केन्द्रीय सदस्य गीता चौधरी, रमेश चौधरी, कन्नुलाल चौधरीलगायतका अतिथि सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *