Tharu Neta

तीन दलसँग वार्ता गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र थारु नेताहरु बालुवाटार पुगेका छन्। वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाको तेस्रो चिठी पाएको भोलिपल्ट थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको टोली बालुवाटार पुगेको हो।

वार्ता टोलीमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित अान्दाेलनरत थरूहट/थारूवान संघर्ष समितिका तर्फबाट धनिराम चाैधरीकाे संयाेजकत्वमा रामजनम चाैधरी, गाेपाल दहित, रमेश चाैधरी, अमनलाल मोदी, तेजुलाल चाैधरी, रूक्मिणी चाैधरी, राजकुमार लेखी, सन्तकुमार थारू, मिनराज चाैधरी, शिवनारायण थारु, मालामती राना थारुलगायत छन्।

संविधानसभा प्रक्रिया धमाधम अघि बढ्दै गर्दा प्रधानमन्त्री सुशील कोइरालाले थारु आन्दोलनकारीलाई सम्बोधन गर्दै तेस्रो चिठी पठाएका थिए। थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको नाममा मंगलबार पुन: चिठी लेख्दै प्रधानमन्त्रीले आन्दोलनकारीका मागप्रति सरकार गम्भीर रहेको जनाउ दिएका थिए। यसअघि यही व्यहोराका दुई चिठी आन्दोलनकारीलाई प्रधानमन्त्रीका तर्फबाट पठाइसकिएको थियो।

थारु आन्दोलनकारीका सात पूर्वशर्तमध्ये मधेस र थरुहटका जिल्लाबाट सेना फिर्ता, मृतकलाई सहिद घोषणा, परिवार र घाइतेलाई क्षतिपुर्ति, उपचार, गिरफ्तार नेताकार्यकर्ताको रिहाई, मुद्दा फिर्ता, सीमांकनमा पुनर्विचार गर्न प्रतिबद्धता लगायत छन्। त्यसमध्ये थारु आन्दोलनकारीले वार्ता टोली र संघर्ष समितिले सेना फिर्ती र गिरफ्तारीलाई मुख्य शर्तका रुपमा वार्तामा राख्ने भएका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *