Khagendra

खगेन्द्र संग्रौला।

शब्द निशब्द रहेछ। शब्द निशब्द भएपछि के हुन्छ? टीकापारको घटना घट्छ। नागरिकहरु न्यायको आवाजलाई राज्यले जब सुन्दैन अनि टीकापुरको घटना हुन्छ। टीकापुरको घटना कसले घटाएको हो? यो राज्यले घटाएको हो। थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा अन्याय अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना। दूर्भाग्यवश आदेश पालन गरिरहेका प्रहरीहरु थारुहरुको आक्रोशको तगारो बन्न पुगे। प्रहरी भनेको स्थानीय तहको सत्ताको प्रतिनिधि हो।

यदि राज्यले थारु समुदायका आकांक्षालाई संविधानमा संसोधन गरेन भने अरु टीकापुर घटना दोहोरिन्छ। कैलालीमात्र होइन, समग्र मधेसमा थारुहरु बसेका छन्। नेपालको आदिवासी को हुन् मलाई थाहा छैन। सजिलोसँग आदिवासी मैले भन्नसक्ने भनेको थारु समुदाय हो।

थारुले वन फँडानी गर्‍यो। औंलो पचायो। पहाडबाट आएका टाठाबाठाले उसको सर्वस्व लुटे। राज्यले दमन गर्‍यो। पहाडीले दमन गर्‍यो। कति सहिरहोस्। कति बाँचिरहोस्। थारु जाति अलि ज्याद्रो हुन्छ। सारा जहर पचाएर थारु बाँचिरहेका छन्।

समाधन खोज्ने हो भने पहिले यो संविधान रोक्नुपर्छ। संविधान बनाउन अग्रसर भएका मालिकहरु ९० प्रतिशतको गणित गनेर बसिरहेको छ। उनीहरुलाई दुई तिहाईको अहंकार छ। सभासद्हरु जुनसुकै पार्टीको भए पनि त्यो थारु समुदायको सदस्य हो। उसको भविष्य, उसको अस्तित्व थारु समुदायसँग जोडिएको हुन्छ। थारुको लागि पार्टी दुई नम्बरको कुरा हो। त्यसैले संविधानसभाका थारु सभासद्हरु एक हुनुपर्छ।

हाम्रो आन्दोलन टापुहरुजस्तो भएको छ। पूर्वमा लिम्बुवान टापु। मधेसी टापु, थारु टापु, मुस्लिम टापु इत्यादि। टापुमा भइरहेका जति आन्दोलन छन्। ती सब उत्पीडनबाट उठेका आवाज हुन्। ती सबैलाई एकीकृत गर्नुपर्छ। सकेसम्म संविधान जारी हुनुअगाडि संघीयतामा थारुहरुको आफ्नो भाग्य र भविष्यको सुनिश्चिम हुनुपर्छ। त्यसको पहिचाको अधिकार र सोनाजको अधिकार सुनिश्चित हुनुपर्छ।

शब्द निशब्द भएको बेला म आफैं तोप भएको भए पड्किन्थे होला। तपाईँले जति बोल्दा पनि बोल्दैनन् भने तपाईँसँग हतियार के हुन्छ? तपाईँसँग मुका हुन्छ। ढुंगा हुन्छ। भाला हुन्छ अनि टीकापुर घटना घट्छ। टीकापुर घटना घटन नदिन हामी संयमपूर्ण आन्दोलन हुनुपर्छ। त्यो न्यायको आन्दोलन हुन्छ।

(थारु एराउन्ड दी वर्ल्डले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियामा संग्रौलाको भिडियो हेर्नुस्)




Leave a Reply

Your email address will not be published. Required fields are marked *