BHojraj Pokhrelभोजराज पोखरेल

आन्दोलनकारीले हामी आन्दोलन जारी राखेको बताइरहेका छन्। तर आन्दोलन त भएकै रहनेछ। यदि भएको हुँदो हो त काठमाडौंले सुनिहाल्थ्यो नि। किनभने कतैको आन्दोलन सुनियो सुनुवाई भयो। तपाइँहरुको आन्दोलन त भएकै रहनेछ र त काठमाडौंले सुनेनन्। त्यसैले काठमाडौंले कस्तो आन्दोलन खोजेको होत्योबारे सोच्ने हो कि?

नहुनुपर्ने टीकापुर घटना भयो। त्यो घटना त्यसै भएको होइन। हजारौं वर्ष भास्सिएर आएर भएको घटना हो। तर यी कुरा बुझाउनलाई अझै पनि गाह्रो भइरहेको छ। अहिले लिने र दिने स्थिति बनेको छ। जुन सबैभन्दा खतरनाक हो। अहिलेको स्थिति सत्ताको हतारोका कारण पनि भएको हो। नेताहरु त्यही भएर बहमतीयतिर धकेलिएका छन्।

अहिलेको परिस्थित राजनीतिक हिसाबले हेर्न जरुरी छ। सुरक्षाको हिसाबले हेरियो भने समाधान आउँदैन। आन्दोलनकारीले शीर्ष नेताहरुलाई दबाब दिन पनि आवश्यक भएको देखेको छु। उनीहरुलाई पर्याप्त दबाब अहिले पनि पुगेको छैन। सबैभन्दा ठूलो कुरा त तपाईँहरुकै दलका नेताहरुको कमीकमजोरी हो। अहिलेसम्म उहाँहरुले के गर्नुभयो? त्यो कुरा बुझ्न जरुरी छ। थरुहटको समस्याहरुलाई साँच्चिकै समाधान गर्ने हो भने समाधानहरु धेरै छन्।

(थारु एराउन्ड दी वर्ल्डले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियामा पोखरेलको भिडियो हेर्नुस्)




Leave a Reply

Your email address will not be published. Required fields are marked *