Gopal Dahit And Rukmini chaudhary

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँगै थारु सभासदहरु संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने भएका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पनि संविधानसभाबाट बाहिरिने भएका हुन्।

थरुहट तराई पार्टीका वरिष्ठ नेता एवं सभासद गोपाल दहितले आफूहरुका लागि संविधानसभाको सबै ढोका बन्द भएको प्रतिक्रिया दिए। ‘हामी गच्छदारको मोर्चामा छैनौं। तर, एजेण्डा एउटै भएकाले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर यो प्रक्रिया बहिस्कार गरेको घोषणा गर्छौं’ दहितले भने।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकको संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार नै संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने बताइसकेको छ।

सभासद दहितले थारुहरुको मागबारे आयोगले टुंगो लगाउने प्रमुख तीन दलको सहमति आफूहरुलाई झुक्याउने खेल भएको बताए।

‘कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा राखेर आयोग बनाउनुको कुनै अर्थ छैन’ उनले भने, ‘दुई जिल्लाबारे आयोगले टुंग्याउने गरी छुट्टै राखेको भए छलफल गर्न सकिन्थ्यो होला।’

Tharuhat party




Leave a Reply

Your email address will not be published. Required fields are marked *