meeting-4-party

तीन दलका शीर्ष नेताहरुको बैठकमा थारुलगायत जनजाति, मुस्लिम र मधेसी आयोग गठन गर्ने सहमति भएको छ। यस्तै थ्रेस होल्ड नराख्ने सहमति भएको एमाले नेता नेपालले जानकारी दिएका छन्। एमाले र कांग्रेसले थ्रेस होल्ड राख्नु पर्ने माग गर्दै आएका थिए भने साना दलहरुले विरोध गर्दै आएका थिए।

धर्म निरपेक्षता कायमै रहने
चार दलबीच धर्मनिरपेक्षता कायमै राख्ने सहमति भएको छ । तर, यसलाई ब्याख्या गरेर ‘धर्मनिरपेक्ष भन्नाले सनानतदेखि चल्दै आएको धर्म संस्कृति संरक्षण सम्वधर्न लगायत धार्मिक सांस्कृति स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने राखिने भएको छ ।
कांग्रेस र एमालेले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नु पर्ने माग भएको थियो भने राप्रपा नेपाल लगायतले हिन्दु राज्यको माग गर्दै आएका छन् ।

बाग्लुङ नटुक्रने
बाग्लुङ नटुक्रने भएको छ । बाग्लुङ अब प्रदेश नम्बर ४ मा रहनेछ । प्रमुख चार दल गरेको ६ र ७ प्रदेशको सीमांकनमा बाग्लुङ टुक्रिएपछि त्यहाँ आन्दोलन हुँदै आएको थियो ।
रुकुमको विषय सीमांकन आयोगले टुङ्गो लगाउने सहमति भएको छ । रुकुम पनि नुटुक्राउने माग गर्दै आन्दोलन हुँदै आएको छ । तर, मगर बाहुल्य क्षेत्रको सीमांकन थारु समुदायले माग गर्दै आएको प्रदेशसँग पनि जोडिएकाले रुकुमको विषय आयोगबाटै टुङ्गो लगाउने सहमति भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *