कलैया- बाराको सिमरामा यही माघ २३ गतेदेखि फागुन ५ गतेसम्म ‘म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल’ प्रतियोगिता सञ्चालन हुने भएको छ। नव जनजागृति युवा क्लब सिमराद्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई रु चार लाख, दोस्रो हुने टिमलाई रु एक लाखको पुरस्कार दिने व्यवस्थासमेत गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उक्त प्रतियोगिताका लागि कुल रु ५६ लाख खर्च हुने अनुमान गरिएको छ। गत वर्ष आयोजित तेस्रो गोल्डकप प्रतियोगितामा विभिन्न सङ्घसंस्था, प्रवेश शुल्कसमेतबाट रु ३७ लाख सहयोग प्राप्त भएको र कूल रु २८ लाख खर्च भएको आयोजकबाट थाहा भएको छ।
उक्त प्रतियोगितामा नेपाल र भारत गरी कुल १२ वटा टिमले भाग लिने भएका छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *