समाचार

जयप्रकाश चौधरीलाई अमेरिकामा परेको वियोग, सहयोगको अपील

सम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...

थारूवान

फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो। सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले टीकापुर घटनाका योजनाकाहरू नै थारूको विरोधी भएको बताएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै राजनीतिक घटना मान्न नसकिने भनेपछि नेता चौधरीले मुख्य दोषीलाई पत्ता लगाएर सजायको भागिदार बनाउनुपर्ने बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण फैसला सार्वजनिक गर्दै घटनामा रेशम चौधरीको संलग्ता रहेको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्नसमेत गरेको छ।

थारूवान

टीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल...

थारूवान

नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...

थारुवान संबाददाता

भारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रूपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी...

थारूवान

नेपालको विभिन्न निमार्ण क्षेत्रमा काम गरिरहेका चिनियाँ कम्पनीहरुको काम र कामको प्रगति विवरणको प्रवृति हेर्दा कम मूल्यमा ठेक्का हात पार्ने र पछि सरकारसँग बार्गेनिङ गर्ने रणनीति रहेको देखिएको छ। मुग्लिन-आबुखैरेनी-पोखरा सडक खण्डको २०८१ वैशाखमा निर्माण सम्पन्न गर्ने भन्दै कम मूल्य हालेर ठेक्का हात पारेको चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड...

एजेन्सी

चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन- बुखैरेनी-पोखरा सडक खण्ड निर्माण सम्पन्न हुने म्याद सकिने समय नजिकिँदै गर्दा काम अलपत्र पारेको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०८१ वैशाखमा सम्पन्न गर्ने भनेको भनिए पनि ८महिनामात्र बाँकी रहँदा पनि २० प्रतिशत पनि काम गर्न सकेको छैन। चिनियाँ कम्पनीले दुई...

थारुवान संबाददाता

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्। बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन...

थारुवान संबाददाता
1 45 46 47 48 49 212