फिफा रेफ्री बिक्रम चौधरीको निधन, प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए

फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो।

सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए। उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि अस्पतामै उनको निधन भएको निकट स्रोतले जनाएको छ। उनको मृत्युको कारण भने खुलाइएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *