9

आउनुस् स्वास्थ्यका लागि दौडिनुस् र नगद पुरस्कार जित्‍नुस्

सन्तकुमार चौधरी/चितवन। दिनहुँ दौडिनु मानवीय स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले स्वस्थ्यका लािग सचेतना जगाउन थारु पत्रकार संघ चितवन र सिर्जनशील थारु समाजले चितवनमा पहिलो पटक रन फर हेल्थ कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ ।

थारूवान

कारी महतो/चितवन। थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन्...

थारूवान

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ । 

थारूवान

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले।

थारूवान

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको परम्परागत दशैं विधि र यसको महत्वमाथि प्रकाश पारिएको थियो ।

थारूवान

किशोर चौधरी (सरिखाँ)। सप्तरी जिल्लाको कृष्णाश्रवण घर भई काठमाडौं बस्दै आएकी थिइन् ललिता कुमारी चौधरी । २२ वर्ष पुगेर २३ वर्षमा टेकेकी भर्खर कलकलाउँदो उमेरकी ललिता ५ महिना अगाडिमात्रै ओमप्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हासीखुसी नै वितेको थियो जीवन । तर ती खुशी लामो समयसम्म टिक्न सकेन...

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर दसैं सुरु भएसँगै गाउँसहरमा उल्लास सुरु भएको छ । नवरात्र पूजाका लागि दुर्गा माताको मूर्ति स्थापना गर्न घटस्थापनाको दिन बिहीबार बिहान विभिन्न स्थानमा कलस यात्रा भए । सयौं संख्याका महिला परम्परागत पोसाकमा सजिएर कलशमा पानी भर्ना नदी र खोला पुगे । बाजागाजासहितको कलश यात्रामा सर्वसाधारण रमाएका छन्...

थारूवान

व्यवस्थापिका–संसद्ले संविधानको मर्मअनुसार समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्ने सम्बन्धमा स्थापना गर्न लागिएको दुई महत्वपूर्ण आयोग गठनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसद्ले ‘थारू आयोग विधेयक, २०७४’ र ‘मुस्लिम आयोग विधेयक, २०७४’ लाई मंगलबार सर्वसम्मतिले पारित गरेको हो। यसअघि सांसदको कोरम नपुग्दा यी विधेयक पारित हुन सकेको थिएन।...

थारूवान

राजेन्द्र फुयाल/कान्तिपुर दैनिक ‘सांसदहरू कोही अर्को चुनावको टिकटमा, कोही जिल्लामा, कोही भूपू भएर पनि सुविधा पाउनुपर्छ भन्ने लबिइङमा, कोहीचाहिँ साँच्चिकै जनताको काममा ।’ संसदमा कोरम नपुग्नुको रहस्यबारे एमाले सांसद विशाल भट्टराईले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन् ।

थारूवान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

थारूवान
1 6 7 8 9 10 24