7

‘सिकलसेल जाँच्ने मेसिन धानको भकारी हो र ? ‘घ्वास्सा’ निकालेर दिन सक्छु’

लखन चौधरी/धनगढी। स्वास्थ्य मन्त्री रामजनम चौधरीले चालु आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग परिक्षणको लागि प्रयोग हने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन जडान हुन नसक्ने संकेत गरेका छन् ।

थारूवान

सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिक अर्थात् वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

थारूवान

थरुहट संघर्ष समितिले आन्दोलन परिचालन समिति थरुहट थारुवान संघर्ष समितिका कारण थारु आन्दोलन कमजोर बन्दै गएको भन्दै ज्ञापन पत्र बुझाएको छ। सीताराम चौधरी नेतृत्वको टोलीले शनिबार आन्दोलन परिचालन समितिका सदस्य प्रेमीलाल चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। पत्रमा उनीहरुलाई हटाएकोप्रति सार्वजनिक माफी माग्न तीन दिने अल्टिमेटम पनि दिइएको छ।

थारूवान

नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ । विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ ।

थारूवान

काठमाडौं केन्द्रित आन्दोलन गर्ने नगर्ने भन्ने विषय मै विवादित भएका मधेसी मोर्चाका नेताहरुबीच सोमबार साँझ प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई सम्बोधन गरी पत्रचार गरेपछि मोर्चाभित्रको विवाद झन बढेको छ।

थारूवान

थारु बर्दियाली विकास मञ्चका अध्यक्ष एवं युवा अगुवा सीताराम थारुले थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकलाई पाँच बुँदे प्रश्न तेर्स्याएका छन्। राजधानीमा आयोजित समितिको केन्द्रीय भेलाले गरेको निर्णय र संयोजक चौधरीको वक्तव्यसँगै उनले प्रश्न तेर्स्याएका हुन्। 

थारूवान

किशाेर चाैधरी ‘सारिका’। हुन त आफूलाई राजनीतिको ‘र’ र विषलेशनको ‘व’ थाहा नभएको ठान्छु । तर पत्रकारितामा लामो समयको अनुभव र नाङ्गो आँखाले देखेको राजनीतिक उतारचढाव र रस्साकस्सीको परिदृश्यलाई जस्ताको तस्तै वर्णन गर्न सक्षम ठान्छु आफूलाई । यसर्थ मेरो लेखलाई राजनीतिक विश्लेषन ठानेको छैन, ठान्ने पनि छैन ।

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने आन्दोलनअन्तर्गत गठबन्धनले तेस्रो दिन सीतापाइलाबाट निकालेको र्‍याली अपराह्न ३ बजे स्वयम्भू–चोकमा विरोधसभामा परिणत भएको हो। सभालाई संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायत नेताले सम्बोधन गरेका थिए।

थारूवान

नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ।पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।

थारूवान

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। तालिका हेर्नुस्: 

थारूवान