धनिरामलाई पाँच प्रश्न- जनताको साथ लिने कि साशकको संयोजकज्यु ?

थारु बर्दियाली विकास मञ्चका अध्यक्ष एवं युवा अगुवा सीताराम थारुले थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकलाई पाँच बुँदे प्रश्न तेर्स्याएका छन्। राजधानीमा आयोजित समितिको केन्द्रीय भेलाले गरेको निर्णय र संयोजक चौधरीको वक्तव्यसँगै उनले प्रश्न तेर्स्याएका हुन्। 

धनिरामलाई तेर्स्याएको उनको प्रश्न यस्ता छन्-

१. चितवनदेखि पर्सासम्म होरिलाल चौधरीको संयोजनमा प्रादेशिक थरुहट /थारुवान संयुक्त संघर्ष समिति गठन भएको छ। यो समितिले संघीय गठबन्धनसँग जाने भनेर लिखित सहमति गरेको छ। यो समितिले भाग लिन पाउने कि नपाउने? फेरि केन्द्रीय कमिटी भनेर ब्यानरमा उल्लेख भएको छैन। कुन आधारमा दुरुपयोग गर्यो भनेर आरोप लगाएको?

२. संघर्ष समितिले स्पष्ट भनेको छ- हाम्रो माग मुद्दा मिल्ने जुन सुकै घटक मोर्चा संघसंगठनसँग गोलबद्ध भएर जाने अनि संघीय गटबन्धनसँग जान नसक्नुको खास कारण के ? आखिर सबै माग मुद्दा मिल्छ संघर्स समितिको।

३. आचार संहितामा स्पष्ट छ कि यदि संघर्ष समितिको कसैले गल्ती गर्यो भने स्पष्टीकरण लिने। मिनराज थारुसँग कति पल्ट स्पष्टीकरण लिनुभयो धनिरामजी ?

४. थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु संघर्स समितिको कमिटीमा हुनुहुन्न। कमिटीमा नभएको ब्यक्तिलाई कसरी निकालियो संयोजकज्यु ? आफ्नो कमिटीमा को को छ भन्ने ज्ञान छैन ?

५. तपाईं सरकारको ब्लाक लिस्टमा परेको ब्यक्ति, यदि पुलिस प्रसासनले चाह्यो भने १० मिनेटमा समात्न सक्छ त्यसैले यो जनताको आँखामा धुलो झोसेर ढोंगी नाटक किन ? अब तपाईं कसको साथ लिने जनताको कि साशक को ?

यो पनि पढ्नुस्:

राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]

थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन




Leave a Reply

Your email address will not be published. Required fields are marked *