3

ब्युटिसियन सुन्दरीमा ममता चौधरी, भोटको अपिल

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल’को तेस्रो सिजनमा ममता चौधरी छनौट भएकी छन्। उनीसँगै ३१ जना प्रतिस्पर्धीहरुले अन्तिम स्पर्धा गर्ने भएका छन्।

थारूवान

थारु चलचित्र तथा साँस्कृतिक संघले थारु सांस्कृतिक चलचित्र ‘जितिया’ निर्माण गर्दैछ। सुनसरीको मैनी गाउँमा यो फिल्मको सुटिङ सुरु भएको संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार रामलाल चौधरीले जानकारी दिए।

थारूवान

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

थारूवान

पपगायक संजय चौधरीले थारु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गत माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन्।  

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...

थारूवान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीलाई सखी सञ्जालले सम्मान गरेको छ। थारु महिलाहरुको स्वतन्त्रताको पर्वको रुपमा चिनिने चिरै भजहरको अवसरमा धनगढीमा सोमबार आयोजित कार्यक्रममा एनपिस अवार्ड विजेता वसन्ती चौधरी सम्मानित भएकी हुन्।

थारूवान

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो।

थारूवान

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

थारूवान

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र...

थारूवान

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए । उनलाई प्रहरीले अस्पताल पुर्याएपनि बचाउन सकेनन् । बाँकेका एसपी टेकप्रसाद राईका अनुसार, एक किलोमिटरको दौड सकेर केहीबेरको आराम पछि सेटअफ, पुसअफमा लगिएको थियो ।

थारूवान
1 71 72 73 74 75 119